डेंगुका बिरामीका लागि फाइदाजनक छन् यी फल

एजेन्सी । डेङ्गु ज्वरो निकै खतरनाक मानिन्छ । डेङ्गु हुँदा शरीरमा रक्तकोषिका कम हुन थाल्छ, जसले गर्दा कमजोरी हुन्छ । लगातार ज्वरो, टाउको दुख्ने र बान्ता जस्तो लक्षण देखिन थाल्छ । जसले गर्दा पुरै शरीरको अवस्था बिग्रन्छ । डेङ्गुमा छिटो निको हुनको लागि आहारको विशेष ख्याल राख्न आवश्यक हुन्छ । खानामा भिटामिन सीले भरपुर फल […]

Oct 6, 2024 - 14:01
 0
डेंगुका बिरामीका लागि फाइदाजनक छन् यी फल

एजेन्सी । डेङ्गु ज्वरो निकै खतरनाक मानिन्छ । डेङ्गु हुँदा शरीरमा रक्तकोषिका कम हुन थाल्छ, जसले गर्दा कमजोरी हुन्छ । लगातार ज्वरो, टाउको दुख्ने र बान्ता जस्तो लक्षण देखिन थाल्छ । जसले गर्दा पुरै शरीरको अवस्था बिग्रन्छ । डेङ्गुमा छिटो निको हुनको लागि आहारको विशेष ख्याल राख्न आवश्यक हुन्छ ।

खानामा भिटामिन सीले भरपुर फल समावेश गर्नुहोस् । धेरै पानी पिउनुहोस् । शरीरलाई हाइड्रेट राख्नुहोस् । यसले डेङ्गुमा छिटो निको हुन मद्दत गर्छ र घटेको रक्तकोषिका पनि बढ्न थाल्छ । डेङ्गुका बिरामीले कुन फल खानु राम्रो हुन्छ त्यसबारे जानौँ ।

किवी

डेङ्गुका बिरामीलाई किवी खान सल्लाह दिइन्छ । किवीमा भिटामिन सी पाइन्छ, जसले शरीरलाई संक्रमणसँग लड्न मद्दत गर्छ । यसमा अन्य धेरै पोषक तत्त्वहरू पनि पाइन्छन्, जसले डेङ्गुका बिरामीहरूका लागि राम्रो साबित हुन्छ । किवीमा फाइबर धेरै हुन्छ, जसले यसलाई पचाउन सजिलो बनाउँछ । किवी रक्तकोषिका बढाउन पनि मद्दत गर्छ ।

अनार

डेङ्गुका बिरामीले अनार खान सक्छन् । अनारमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले तपाईंलाई धेरै समस्याहरूबाट बचाउँछ । अनार भिटामिन सीको पनि स्रोत हो । अनार खानाले शरीरमा रातो रक्तकोष बढ्छ । शरीरमा रगत र हेमोग्लोबिन बढाउन अनार लाभदायक मानिन्छ । अनार खानाले थकान र कमजोरी हटाउँछ ।

मेवा

फाइबरले भरपुर मेवा पनि डेङ्गुका बिरामीका लागि लाभदायक हुन्छ । मेवामा भिटामिन सी र भिटामिन ए पाइन्छ । डेङ्गुमा मेवाको पातको रस पनि प्रयोग गरिन्छ । छिटो निको हुनका लागि डेङ्गुका बिरामीले मेवा खान सक्छन् ।

स्याउ

डेङ्गु होस् वा कुनै अर्को ज्वरो, स्याउ यस्तो फल हो जसलाई सजिलै खान सकिन्छ । स्याउमा आवश्यक भिटामिन र मिनरल पाइन्छ, जसले ज्वरोमा छिटो निको हुन मद्दत गर्छ । स्याउ फाइबरको राम्रो स्रोत हो, जसले पेटलाई स्वस्थ राख्छ ।

सुन्तला र अम्बा

सुन्तला र अम्बामा फाइबर र भिटामिन सी भरपुर पाइन्छ । यी फलहरूले इम्युनिटी बढाउँछन् र डेङ्गुमा रक्तकोषिका बढाउन मद्दत गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register