प्राधिकरणले भन्यो – पर्सीसम्म भारी वर्षाको सम्भावना छ

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा […]

Oct 2, 2024 - 06:49
 0
प्राधिकरणले भन्यो – पर्सीसम्म भारी वर्षाको सम्भावना छ

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत् छ ।’

यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न र ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न प्राधिकरणले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register