अमेरिकाको भिसा नपाएको संकेत गर्दै सन्दीपले भने – नियन्त्रण बाहिरको परिस्थिति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने हाल नेपालमै छन् । नेपाली टोली भने आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गतको शृङ्खला खेल्न अमेरिकामा छ । अमेरिकाको भिसा नमिलेको कारण सन्दीप क्यानडाबाट नेपाल आएका हुन् । नेपालबाटै भिसा प्रक्रिया अघि बढाउनुपर्ने भएको उनी यता आएका हुन् । यसै विषयलाई मध्यनजर गर्दै उनले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् […]

Oct 16, 2024 - 09:53
 0
अमेरिकाको भिसा नपाएको संकेत गर्दै सन्दीपले भने – नियन्त्रण बाहिरको परिस्थिति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने हाल नेपालमै छन् । नेपाली टोली भने आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गतको शृङ्खला खेल्न अमेरिकामा छ ।

अमेरिकाको भिसा नमिलेको कारण सन्दीप क्यानडाबाट नेपाल आएका हुन् । नेपालबाटै भिसा प्रक्रिया अघि बढाउनुपर्ने भएको उनी यता आएका हुन् ।

यसै विषयलाई मध्यनजर गर्दै उनले सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् । जसमा भनिएको छ, ‘नियन्त्रण बाहिरको परिस्थिति’ । यसबाट अनुमान गर्न सकिन्छ कि उनले अझै पनि भिसा पाएका छैनन् ।

सन्दीपले आफूविरुद्ध लागेको जबरजस्ती करणी मुद्दामा भने उच्च अदालत पाटनबाट सफाइ पाइसकेका छन् । महान्यायाधिवक्ताको कार्यालयले पनि उच्च अदालत पाटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने बताइसकेको छ ।

तर, अमेरिकी दूतावासले भने सन्दीपलाई अझै पनि भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा प्रस्थान गर्नुभन्दा निकैअघि अमेरिकी दूतावासमा भिसाका लागि आवेदन गरेका थिए ।

तर, अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि ‘होल्ड’मा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register