यस्तो छ आजको विदेशी मुद्राहरुको विनिमय दर

झापा, २१ असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, कुबेती र बहराइन दिनारको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी [...] The post यस्तो छ आजको विदेशी मुद्राहरुको विनिमय दर appeared first on Jhapa Online.

Oct 7, 2024 - 03:14
 0
यस्तो छ आजको विदेशी मुद्राहरुको विनिमय दर

झापा, २१ असोज । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, कुबेती र बहराइन दिनारको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा थियो।

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा थियो।

त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा थियो।

The post यस्तो छ आजको विदेशी मुद्राहरुको विनिमय दर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register