आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु

झापा, २१ असोज । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए। भुइँतलामा पसल र पहिलो तलामा [...] The post आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 7, 2024 - 03:10
 0
आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु

झापा, २१ असोज । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।

घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए। भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो। सुतिरहेका बेला आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो।

The post आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register