हमासको नियन्त्रणमा रहेका इदान श्टिवीको मृत्यु

काठमाडौं । सुपरनोभा म्युजिक फेस्टिभलमा उपस्थित भएका इदान श्टिवीको मृत्यु भएको होस्टेजेस र मिसिङ फेमिलिज् फोरमले पुष्टि गरेको छ । २८ वर्षिय इदान शव पनि हमासको नियन्त्रणमा नै रहेको फोरमले जनाएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इदान मारिएको फोरमले जनाएको छ । आक्रमणको दौरान उनले २ अज्ञात व्यक्तिलाई क्याम्पबाट भाग्न सहयोग […]

Oct 7, 2024 - 08:33
 0
हमासको नियन्त्रणमा रहेका इदान श्टिवीको मृत्यु

काठमाडौं । सुपरनोभा म्युजिक फेस्टिभलमा उपस्थित भएका इदान श्टिवीको मृत्यु भएको होस्टेजेस र मिसिङ फेमिलिज् फोरमले पुष्टि गरेको छ ।

२८ वर्षिय इदान शव पनि हमासको नियन्त्रणमा नै रहेको फोरमले जनाएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले गरेको आक्रमणमा इदान मारिएको फोरमले जनाएको छ ।

आक्रमणको दौरान उनले २ अज्ञात व्यक्तिलाई क्याम्पबाट भाग्न सहयोग गर्दै थिए । तर, उनको आफ्नै गाडी आक्रमणमा परेका थिए । फोरमले उनलाई सहयोगी र निस्वार्थ सेवा प्रदान गर्ने व्यक्तिको रुपमा व्यक्त गरेको छ ।

इजरायलअनुसार हमासले सो आक्रमणमा २५१ जनालाई अपहरण गरेको थियो । जसमध्ये ११७ जनालाई रिहा भएका छन् । ३७ जनाको मृत्यु भएको छ भने ९७ जनाको अवस्था अज्ञात छ । ६४ जना जिउँदै रहेको विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register