दोहोरो अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को विन्दुमा पुगेको छ । सोमबार ३०५ कम्पनीका ७३ हजार १ सय १९ पटकको कारोबारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ […]

Oct 7, 2024 - 10:37
 0
दोहोरो अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को विन्दुमा पुगेको छ ।

सोमबार ३०५ कम्पनीका ७३ हजार १ सय १९ पटकको कारोबारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको घटेको छ भने २ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र होटेल, पर्यटन घट्दा बाँकी ११ वटा बढेको छ । आज चन्द्रागिरि हिल्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register