सोमबार ३७.१३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा […]

Oct 7, 2024 - 10:37
 0
सोमबार ३७.१३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार चन्द्रागिरी हिल्स लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड २३ लाख १७ हजार ६ सय ७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, आजको बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्  । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register