एन्फाले ६ किशोर खेलाडीको सम्झनामा दीप प्रज्वलन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ किशोर खेलाडीको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको छ । दीप प्रज्वलन कार्यक्रम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार साँझ ५ बजे आयोजना गरिने छ । एन्फाले उपत्यकाका सम्पूर्ण फुटबल क्लब, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत फुटबलसँग सम्बन्धित अन्य सबैलाई सहभागी हुन […]

Oct 7, 2024 - 11:01
 0
एन्फाले ६ किशोर खेलाडीको सम्झनामा दीप प्रज्वलन गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ किशोर खेलाडीको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको छ ।

दीप प्रज्वलन कार्यक्रम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार साँझ ५ बजे आयोजना गरिने छ ।

एन्फाले उपत्यकाका सम्पूर्ण फुटबल क्लब, खेलाडी, प्रशिक्षक, रेफ्रीलगायत फुटबलसँग सम्बन्धित अन्य सबैलाई सहभागी हुन आह्वान गरेको छ ।

उपत्यकाबाहिर रहेका एन्फासँग सम्बन्धित सम्पूर्ण जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ, क्लबले पनि आ–आफ्नो स्थानमा सोही समयमा दीप प्रज्वलन गर्ने हुँदा उपस्थितिको लागि एन्फाले सूचना जारी गरेको छ ।

आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको यही असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाँउपालिका-३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीमा पहिरोमा परी मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register