दशैंमा वालेटमार्फत एकै दिन ३० पटकसम्म कारोबार गर्न सकिने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा वालेटमार्फत एकैदिन ३० पटकसम्म कारोबार गर्न सकिने बताएको छ । दशैं तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले यस्तो सीमा बढाएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दशैंको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म […]

Oct 8, 2024 - 07:13
 0
दशैंमा वालेटमार्फत एकै दिन ३० पटकसम्म कारोबार गर्न सकिने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा वालेटमार्फत एकैदिन ३० पटकसम्म कारोबार गर्न सकिने बताएको छ । दशैं तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदानप्रदानलाई सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले यस्तो सीमा बढाएको हो ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले यस्ता वालेट प्रयोगकर्ताले दशैंको दश दिन र तिहारको सात दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो । सामान्य अवस्थामा एक दिनमा बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्थ्यो ।

यो संशोधन दशैंका लागि असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि लागु हुने विभागका कामु कार्यकारी निर्देशक विनोदराज आचार्यले जानकारी दिए ।

अहिले बजारमा २७ वटा भुक्तानी सेवा प्रदायक कम्पनीका वालेट सेवा सञ्चालनका छन् ।  इसेवा, खल्ती, आईएमई–पे लगायत वालेटहरू बढी प्रयोगमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register