भारतको विधानसभा चुनाव : दुवै राज्यमा भाजपा अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । भारतको हरियाणा र जम्मू कश्मीर राज्यको विधानसभा चुनावको मतगणना जारी छ । भारत निर्वाचन आयोगकाअनुसार पछिल्लो मतपरिणामअनुसार ९० सिट रहेको हरियाणामा भारतीय जनता पार्टी (भाजपा)अग्रस्थानमा रहेको छ । भाजपा ४९ स्थानमा अघि रहेको छ । भारतीय राष्ट्रिय काङ्ग्रेस ३५ स्थानमा अघि रहेको छ । अहिलेसम्म कुनै पनि क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छैन । […]

Oct 8, 2024 - 08:49
 0
भारतको विधानसभा चुनाव : दुवै राज्यमा भाजपा अगाडि, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । भारतको हरियाणा र जम्मू कश्मीर राज्यको विधानसभा चुनावको मतगणना जारी छ ।

भारत निर्वाचन आयोगकाअनुसार पछिल्लो मतपरिणामअनुसार ९० सिट रहेको हरियाणामा भारतीय जनता पार्टी (भाजपा)अग्रस्थानमा रहेको छ । भाजपा ४९ स्थानमा अघि रहेको छ ।

भारतीय राष्ट्रिय काङ्ग्रेस ३५ स्थानमा अघि रहेको छ । अहिलेसम्म कुनै पनि क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छैन ।

यस्तै, जम्मू कश्मीरमा पनि भाजपा नै अग्रस्थानमा रहेको छ । ९० सिटे जम्मू कश्मीरमा भाजपाले ३ सिट जितिसकेको छ भने ४० स्थानमा अगाडि रहेको छ ।

काङ्ग्रेसले पनि ३ स्थानमा जितेको छ भने २५ सिटमा अगाडि रहेको छ ।

धारा ३७० हटाएपछि जम्मू कश्मीरमा पहिलो पटक चुनाव भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register