मुहम्मद युनुसद्वारा बङ्गलादेशमा सुधारअघि चुनाव गर्न अस्वीकार

ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका छन् । गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो । कार्यवाहक सरकारको नेतृत्व गरिरहनुभएका युनुसले प्रथम आलो अखबारले […]

Oct 9, 2024 - 00:41
 0
मुहम्मद युनुसद्वारा बङ्गलादेशमा सुधारअघि चुनाव गर्न अस्वीकार

ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनावअघि सुधार आवश्यक रहेको बताएका छन् ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो ।

कार्यवाहक सरकारको नेतृत्व गरिरहनुभएका युनुसले प्रथम आलो अखबारले प्रकाशित गरेको अन्तर्वार्तामा आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको बताए ।

उनले भने –सुधारहरू महत्त्वपूर्ण छन्, तपाईँ भन्नुहुन्छ, चुनाव गर, हामी चुनाव गर्न तयार छौँ तर सुधारअघि पहिले चुनाव गर्नु गलत हुनेछ । हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित व्यापक मानवअधिकार हनन भएको थियो ।

हसिना सत्ताबाट हट्नुअघि सातामा छ सयभन्दा बढी मानिस आन्दोलनमा मारिएको राष्ट्रसङ्घीय प्रारम्भिक प्रतिवेदनले जनाएको थियो । प्रतिवेदनमा सम्भवतः उक्त सङ्ख्या कम थियो भनिएको छ ।

हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्ण रूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गरे। सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहोर्ई आवाश्यक सुधार गर्ने रहेको उनाको भनाइ थियो ।

युनसले हसिनाको सरकार अपदस्थ भएपछि हत्याको आरोपमा पक्राउ परेका धेरै राजनीतिज्ञ र वरिष्ठ अधिकारीहरूको बारेमा गरिएको आलोचनालाई पनि खारेज गरेका छन् ।

यी गिरफ्तारीहरूले युनुसको कार्यवाहक सरकारले हसिनाको शासनका वरिष्ठ व्यक्तिहरूमाथि राजनीतिक मुद्दा चलाउने आरोप लगाएको छ ।

यद्यपि युनुसले पक्राउ परेका व्यक्तिहरू विरुद्ध सुरु गरिएको कुनै पनि आपराधिक मुद्दा सरकारी हस्तक्षेपबाट मुक्त रहने अभिप्राय पटकपटक व्यक्त गर्दै आएका छन् । साथै उनले न्यायिक प्रणालीमा सुधार भएपछि मुद्दा अगाडि बढ्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register