पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

 काठमाडौँ।  पुण्य गौतममाथि आक्रमण भएको छ । हिजो (सोमबार) राति सवा ९ बजेतिर घर फर्कँदै गर्दा गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा  अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। रड  प्रहारबाट गौतम गम्भीर घाइते भएका छन्। उनको  टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको प्रहरीले जनाएको छ । गौतमको  नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी […]

Oct 8, 2024 - 09:19
 0
पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै

 काठमाडौँ। 

पुण्य गौतममाथि आक्रमण भएको छ । हिजो (सोमबार) राति सवा ९ बजेतिर घर फर्कँदै गर्दा गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित बाटोमा  अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। रड  प्रहारबाट गौतम गम्भीर घाइते भएका छन्। उनको  टाउकाको पछाडितर्फको भाग र निधारमाथि गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

गौतमको  नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । 

गौतममाथि कसले किन आक्रमण गर्‍यो भन्ने विषय खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register