वडा कार्यालय भवनको उद्घाटन

दोलखा। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गरेका छन्  । ४२ सय १० वर्ग मिटरमा निर्मित उक्त भवनको कूल लागत एक करोड १८ लाख रहेको वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले बताए ।  नवनिर्मित भवन उद्घाटन गर्दै  बागमती  प्रदेशका सांसद भरत […]

May 10, 2025 - 12:36
 0
वडा कार्यालय भवनको उद्घाटन

दोलखा।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालय भवनको उद्घाटन शुक्रवार बागमती प्रदेशका सांसद भरत बहादुर केसीले गरेका छन्  । ४२ सय १० वर्ग मिटरमा निर्मित उक्त भवनको कूल लागत एक करोड १८ लाख रहेको वडा नम्बर– ५ का वडा अध्यक्ष बासु श्रेष्ठले बताए ।

 नवनिर्मित भवन उद्घाटन गर्दै  बागमती  प्रदेशका सांसद भरत बहादुर केसीले वडाले प्रवाह गर्ने सेवाको लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण हुने बताए । प्रदेश सांसद केसीले वडाको लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा जस्ता कुरामा बागमती प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउन आफूले थप पहल गर्ने बताए । 

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले वडाको विकाससंगै युवा रोजगारमा वृद्धि गर्ने कुरामा नेकपा एमालेको सधै सहयोग रहने बताए । 

वडा नम्बर– ५ को वडा अध्यक्ष बासु श्रेष्ठको सभापतित्वमा सम्पन्न नवनिर्मित भवन उद्घाटन कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, नेकपा एमालेका नेता कृष्ण बहादुर वस्नेत, शङ्करलाल श्रेष्ठ, नेकपा एमाले भीमेश्वर नगरकमिटी अध्यक्ष भोला खतिवडा, पुर्व वडा अध्यक्ष रामबहादुर वस्नेत, वडा सदस्य बालकृष्ण कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

साढे दुई तलाको नवनिर्मित वडा कार्यालय भवनमा वडा अध्यक्ष, सदस्यहरु, विषयगत शाखा, प्रशासन, स्टोर, मिटिङ हल र हल रहेको वडा अध्यक्ष श्रेष्ठले बताए । 

भवन निर्माणको लागि सुरुमा भीमेश्वर नगरपालिकाबाट एक करोड ५२ लाख रकम प्राप्त भै टेन्डर आव्हान भएकोमा ८९ लाखको टेन्डर स्वीकृत भै काम सुरु भएको र पछि २९ लाख रुपैयाँ बजेट थप भएको वडा अध्यक्ष श्रेष्ठले बताए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register