बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ बेपत्ता

काठमाडौं । असोज १५ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण अहिलेसम्म २४६ जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी १७८ जना घाइते भएका छन्। मंगलबार साँझ नेपाल प्रहरीले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार विभिन्न स्थानमा १८ जना बेपत्ता भएका छन् । यसक्रममा ७६ हजार ७१७ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको […]

Oct 8, 2024 - 17:05
 0
बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ बेपत्ता

काठमाडौं । असोज १५ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण अहिलेसम्म २४६ जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी १७८ जना घाइते भएका छन्।

मंगलबार साँझ नेपाल प्रहरीले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार विभिन्न स्थानमा १८ जना बेपत्ता भएका छन् । यसक्रममा ७६ हजार ७१७ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले दिएको विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा ठूलो क्षति भएको छ, जहाँ १४५ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा पनि वर्षाले व्यापक प्रभाव पारेको छ, जहाँ १ जनाको मृत्यु भएको छ, ३६ जना घाइते भएका छन् र २,९५४ जनाको उद्धार गरिएको छ।

कोशी प्रदेशमा २० जनाको मृत्यु भएको छ भने २१ जना घाइते र १२ जना अझै बेपत्ता छन्।

गण्डकी, लुम्बिनी, र मधेश प्रदेशमा पनि क्षति भएको छ। गण्डकी प्रदेशमा उद्धार गरिएको ५५५ जनालाई सुरक्षित स्थानमा सारिएको छ। लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा ६ जनाको ज्यान गएको छ।

वर्षाका कारण भएको विपत्तिलाई सम्बोधन गर्न नेपाल प्रहरीले तत्काल उद्धार र राहत कार्यमा लागिपरेको छ। विभिन्न निकायहरूबाट उद्धार कार्य तीव्र रूपमा भइरहेको छ भने प्रभावित क्षेत्रमा अझै सतर्क रहन आम नागरिकलाई आग्रह गरिएको नेपाल प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register