पीडितलाई १० लाखको राहत प्याकेज उपलब्ध गराउन मञ्चको माग

काठमाडौं । अखिल भारत नेपाली एकता मञ्चले बाढी तथा पहिरो पीडितलाई १० लाखको राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष राजेन्द्र शर्माले सरकारसँग यस्तो माग गरेका हुन् । “क्षतिग्रस्त सडक, पुलजस्ता भौतिक संरचनाहरूको तत्काल मर्मत गरी यातायात सुचारु गर्न, बेघरबार परिवारहरूलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न […]

Oct 2, 2024 - 08:21
 0
पीडितलाई १० लाखको राहत प्याकेज उपलब्ध गराउन मञ्चको माग

काठमाडौं । अखिल भारत नेपाली एकता मञ्चले बाढी तथा पहिरो पीडितलाई १० लाखको राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष राजेन्द्र शर्माले सरकारसँग यस्तो माग गरेका हुन् ।

“क्षतिग्रस्त सडक, पुलजस्ता भौतिक संरचनाहरूको तत्काल मर्मत गरी यातायात सुचारु गर्न, बेघरबार परिवारहरूलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्न र यसरी विस्थापित भएका प्रत्येक परिवारलाई अविलम्ब सरकारका तर्फबाट १० लाख रुपैयाँ आर्थिक सहयोगको प्याकेज प्रदान गर्न सरकारसँग माग गर्दछौँ,” अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको हो ।

राष्ट्रिय सङ्कटका बेला प्रधानमन्त्री बाहिर हुनु दुखद् भएको मञ्चले औँल्याएको छ । “सङ्कटका बेला मुलुकका प्रधानमन्त्री विदेश भ्रमणमा रमाउनु र अर्कोतिर उद्धारको काममा सरकारको लापरवाही देखिनु अत्यन्त खेदजनक छ,” त्यहाँ भनिएको छ ।

सङ्घीय राजधानी काठमाडौंसमेत बाढी तथा पहिरो पीडितहरूको तत्काल उद्धार हुन नसक्नु सरकारको असफलता भएको मञ्चको आरोप छ ।

यसअघि असोज १० गतेदेखि १२ गतेसमम भएको अविरल वर्षाका कारण २१० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौंको सङ्ख्यामा घाइते तथा बिरामी र दर्जनौँ बेपत्ता छन् ।

विज्ञप्ति हेर्नुस्-



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register