कुलमानलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेश भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु पनि मागिएको मन्त्रालय स्रोतले बताएको छ । घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत मागेको छ […]

Oct 9, 2024 - 07:53
 0
कुलमानलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेश भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु पनि मागिएको मन्त्रालय स्रोतले बताएको छ ।

घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत मागेको छ ।

साथै, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहानका लागि बोलाइएको थियो ।

बिहान ११ बजे बस्ने बैठकका लागि मंगलबार राति साढे ९ बजे पत्राचार गरिएको थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register