‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतका रचनाकारको निधन

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभको निधन भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो । मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । लामो समय रेडियो नेपालमा जागिरे रहेका विश्व वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । […]

Oct 9, 2024 - 08:41
 0
‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतका रचनाकारको निधन

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभको निधन भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो ।

मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् ।

लामो समय रेडियो नेपालमा जागिरे रहेका विश्व वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भइसकेको छ ।

वल्लभले नै लेखेको तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू चर्चित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register