धर्मशालामा मारवाडी समितिको डायलाइसिस सेवा (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो । सोहीअनुसार बुधबार महानगरको टोली धर्मशाला खाली गराउन पुगेको हो । धर्मशालामा मारवाडी सेवा समितिले किड्नी डायलाइसिस […]

Oct 9, 2024 - 08:49
 0
धर्मशालामा मारवाडी समितिको डायलाइसिस सेवा (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

सोहीअनुसार बुधबार महानगरको टोली धर्मशाला खाली गराउन पुगेको हो ।

धर्मशालामा मारवाडी सेवा समितिले किड्नी डायलाइसिस सेवा दिइरहेको छ । त्यहाँ हप्तामा ९० जना बिरामीलाई सेवा दिदैँ आइरहेको थियो ।

तर, महानगरको टोलीले धर्मशाला खाली गराउने भएपछि सेवा प्रभावित हुने भएको समितिले जनाएको छ । अहिले महानगरको टोली र समितिका प्रतिनिधिबीच छलफल चलिरहेको छ ।

धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी छ । यसअघि महानगरले धर्मशाला खाली गराउन मंगलबार माइकिङ नै गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register