डेङ्गीबाट गण्डकीमा अहिलेसम्म ७ जनाको ज्यान गयो, कात्तिक महिनासम्म जोखिम

कास्की । डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म सात जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गीका कारण गएको साउनयता गण्डकीमा तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको हो । सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवम् वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत […]

Oct 9, 2024 - 08:25
 0
डेङ्गीबाट गण्डकीमा अहिलेसम्म ७ जनाको ज्यान गयो, कात्तिक महिनासम्म जोखिम

कास्की । डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म सात जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गीका कारण गएको साउनयता गण्डकीमा तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको हो ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवम् वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ ।

पोखरा महानगरपालिकामा मात्रै अहिलेसम्म ६ हजार चार सय ५२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कात्तिक महिनाभरि डेङ्गी सङ्क्रमणको बढी जोखिम रहेकाले सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register