नेपाली रुपैयाँ अब चिनियाँ कम्पनीले छाप्ने, ३ अर्ब रुपैयाँ छाप्न लग्यो ७१ लाख अमेरिकी डलर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्मा चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ । प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो । यसअघि बैंकले विदेशी […]

Oct 9, 2024 - 08:49
 0
नेपाली रुपैयाँ अब चिनियाँ कम्पनीले छाप्ने, ३ अर्ब रुपैयाँ छाप्न लग्यो ७१ लाख अमेरिकी डलर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नोट छपाइको जिम्मा चिनियाँ कम्पनी एमएस चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनलाई दिएको छ । प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीले नोट छपाइको जिम्मेवारी पाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले १० रुपैयाँ दरका ३ अर्ब ४० करोड रुपैयाँबराबरका नोट छपाइको काम उक्त कम्पनीलाई दिएको हो ।

यसअघि बैंकले विदेशी नोट छपाइ गर्ने कम्पनीहरूका लागि बोलपत्र आह्वान गरेको थियो ।

अमेरिकी डलरमा यस ठेक्काको कुल लागत ७१ लाख अमेरिकी डलर रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register