खाणको पक्षमा दुई पूर्व महान्यायाधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

Jun 4, 2023 - 04:15
 0
खाणको पक्षमा दुई पूर्व महान्यायाधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने
खाणको पक्षमा दुई पूर्व महान्यायाधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जनभन्दा बढी अधिवक्ताहरू इच्छुक देखिएका छन् । 

काठमाडौँ जिल्ला अदालतमा आजदेखि सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्नु दुई पूर्व महान्यायाधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायत बहस गर्ने भएका हुन ।  

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष द्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाउनुभएको छ।   

उता, सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नुहुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1