धर्मशालाबारे बालेन भन्छन् – देश चलेको त मारवाडी सेवा समितिले पो रहेछ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले गौशाला धर्मशाला खाली गराउन खोज्दा नेपाल प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गर्न खोजेको आरोप लगाएका छन् । बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप भएको थियो । झडपबीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सोही विषयमा बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् […]

Oct 9, 2024 - 11:21
 0
धर्मशालाबारे बालेन भन्छन् – देश चलेको त मारवाडी सेवा समितिले पो रहेछ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले गौशाला धर्मशाला खाली गराउन खोज्दा नेपाल प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप भएको थियो । झडपबीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सोही विषयमा बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल प्रहरीले महानगरलाई सहयोग नगरेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महानगरलाइ धर्मशाला तथा असक्तहरुलाइ निसुल्क खाना र औसधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाइ सम्रचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितीको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै सेवा समितीले पो रहेछ ।’

उनले थप लेखे, ‘अनि हामी चाहिँ देश प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।’

गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register