टुटेश्वरमा युवतीको शव फेला पर्‍यो

महोत्तरी । यहाँको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले […]

Oct 9, 2024 - 15:57
 0
टुटेश्वरमा युवतीको शव फेला पर्‍यो

महोत्तरी । यहाँको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले शव परीक्षणका लागि बर्दिवास अस्पताल लगेको छ । शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रनाउ पोखरेलको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register