१८ लाख भारतीय र नेपाली रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटरसहित एक भारतीय नागरिकलाई सशस्त्रको बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत टनकपुर ग्राम […]

Oct 9, 2024 - 16:44
 0
१८ लाख भारतीय र नेपाली रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

कञ्चनपुर ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटरसहित एक भारतीय नागरिकलाई सशस्त्रको बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ बर्षिय अभिशेक गुप्तालाई उल्लेखित रुपैयाँ र स्कुटरसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ब्रह्मदेवले नियन्त्रणमा लिएको हो ।

उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register