गोदावरीका पीडितलाई नेपाल-भारत मिल्लत परिषद्को सहयोग

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री दिएको छ । परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने- ओछ्याउने लगायतका सामग्री प्रदान गरिएको हो । राहत वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य उदय शम्शेर जबरा, बागमती प्रदेशका खेलकूद […]

Oct 9, 2024 - 18:21
 0
गोदावरीका पीडितलाई नेपाल-भारत मिल्लत परिषद्को सहयोग

काठमाडौं । नेपाल-भारत मिल्लत परिषद् केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ र १० स्थित टिकाभैरवका बाढी पहिरो पीडितलाई बुधबार राहत सामग्री दिएको छ ।

परिषद्का अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा १०० घरपरिवारलाई अत्यावश्यक खाद्यान्न, जस्तापाता, ओढ्ने- ओछ्याउने लगायतका सामग्री प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य उदय शम्शेर जबरा, बागमती प्रदेशका खेलकूद मन्त्री मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, स्थानीय जनप्रतिनिधि र समाजका अगुवाको पनि उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुस्लिम आयोगका अध्यक्षसमेत रहेका परिषद्का अध्यक्ष मियाँले विपतमा परेकालाई सहयोग गर्ने मानवताको सबैभन्दा सुन्दर पक्ष भएको बताए । उनले बाढी पहिरो पीडितलाई तत्कालै राहत र उद्दारको कामलाई तीब्रता दिन सरकारको ध्यानाकर्षण गराए ।

बागमती प्रदेशका खेलकूद मन्त्री महर्जनले परिषदले मानवीय तथा सामाजिक क्षेत्रमा सहयोग गरेकोमा प्रशंसा गरे ।

२०८१ साल असोज ११ र १२ गते गएको बाढी पहिरोलगायतका विपदजन्य घटनामा गोदावरी नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

नेपाल-भारत मिल्लत परिषद्ले विगतमा महाभूकम्प, कोरोना महामारी, बाढी पहिरो, आगलागी लगायतका विपदका समयमा गरिब र पीडित समुदायलाई सहयोग गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register