दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीचको दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् । दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो । रेलको एक अधिकारीले भने, ‘यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।’ […]

Oct 12, 2024 - 13:49
 0
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीचको दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् ।

दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो ।

रेलको एक अधिकारीले भने, ‘यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।’

रेलवे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो, तर लुप लाइनमा छिरेको थियो ।

रेलवेका वरिष्ठ अधिकारी आरएन सिंहले भने, ‘दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन् । सात देखि आठ जना यात्रु मात्र घाइते भएका छन् । घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।’

साथै उनले थपे, ‘उक्त रुटमा रेल यातायात सुचारु हुन अबको २४ घण्टा लाग्नेछ ।’

दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा एक हजार ३६० जना सवार थिए ।

जुनमा, पश्चिम बङ्गालमा एउटा मालगाडी रेलको पछाडिको भागमा ठोक्किएर कम्तिमा १५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register