पुण्य गौतममाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षिय संजिव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्‍वर बस्ने ४१ वर्षिय दिल बहादुर गङदान छन् । जिल्ला प्रहरी परिसर काठमाडौं तथा […]

Oct 10, 2024 - 10:41
 0
पुण्य गौतममाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षिय संजिव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्‍वर बस्ने ४१ वर्षिय दिल बहादुर गङदान छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले गंगाहिटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

यही सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै गौतममाथि आक्रमण भएको थियो । रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याएका थिए ।

टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि गौतमलाई आइसीयूमा राखिएको थियो । अहिले अवस्थामा सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई ज्यान मार्ने उद्योग कसुर मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register