पटक-पटक बाढी पसेपछि एमालेले सार्ने भयो केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक/पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको हो । आज बसेको सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यालय भवनको शिलान्यास शुक्रबार दिउँसो […]

Oct 10, 2024 - 11:25
 0
पटक-पटक बाढी पसेपछि एमालेले सार्ने भयो केन्द्रीय कार्यालय

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कार्यालय सार्ने भएको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक/पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको हो ।

आज बसेको सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २ स्थित जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कार्यालय भवनको शिलान्यास शुक्रबार दिउँसो १२ बजेर २५ मिनेटमा हुनेछ ।

यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register