हनुमानढोका दशैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

काठमाडौं । हनुमानढोका स्थित नाशल चोकका रहेको दशैंघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घरमा आस्विन शुक्ल सप्तमीका दिन फूलपातीको रूपमा शुभ साइतको प्रतीक उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले […]

Oct 10, 2024 - 12:33
 0
हनुमानढोका दशैंघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

काठमाडौं । हनुमानढोका स्थित नाशल चोकका रहेको दशैंघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।

घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घरमा आस्विन शुक्ल सप्तमीका दिन फूलपातीको रूपमा शुभ साइतको प्रतीक उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

फूलपाती बनाउन प्रयोग गरिने बनस्पतिहरु केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि काठमाडौंलाई राजधानी तोकियो । काठमाडौंबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए ।

गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौंको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।

तस्वीरहरु-

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register