धौलागिरि हिमाल आरोहण गर्न गएका पाँच रुसी नागरिकको मृत्यु

काठमाडौँ । धौलागिरि हिमाल आरोहण गर्न गएका पाँच जना रुसी नागरिकको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रुसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो । १४ जना रुसी नागरिकको समूह  धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम […]

Oct 8, 2024 - 12:31
 0
धौलागिरि हिमाल आरोहण गर्न गएका पाँच रुसी नागरिकको मृत्यु

काठमाडौँ ।

धौलागिरि हिमाल आरोहण गर्न गएका पाँच जना रुसी नागरिकको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रुसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।

१४ जना रुसी नागरिकको समूह  धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए । 

आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।

बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register