जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हाे । रिजाबाट घर्तीगाउँ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति १० बजेतिर दुर्घटनामा परेको थियो। सडकबाट ६५ […]

Oct 11, 2024 - 04:19
 0
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।


रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हाे ।

रिजाबाट घर्तीगाउँ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति १० बजेतिर दुर्घटनामा परेको थियो।

सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा लगिएकाे थियाे । जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान २ बजेतिर मृत घोषणा गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register