नोबेल साहित्य पुरस्कार प्राप्त उपन्यास ‘दी भेजिटेरिअन’मा के छ ?

काठमाडौं । हान कङ दक्षिण कोरियाली सु-प्रसिद्ध उपन्यासकार हुन् । ५३ वर्षीया उनले नोबेल साहित्य पुरस्कार-२०२४ हात पारेकी छन् । उनले आफ्नो लोकप्रिय उपन्यास ‘दी भेजिटेअन’ का लागि यो पुरस्कार प्राप्त गरेकी हुन् । यससँगै उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औं महिला बनेकी छन् । नोबेल पुरस्कार समितिकाअनुसार कङले ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र […]

Oct 11, 2024 - 06:57
 0
नोबेल साहित्य पुरस्कार प्राप्त उपन्यास ‘दी भेजिटेरिअन’मा के छ ?

काठमाडौं । हान कङ दक्षिण कोरियाली सु-प्रसिद्ध उपन्यासकार हुन् । ५३ वर्षीया उनले नोबेल साहित्य पुरस्कार-२०२४ हात पारेकी छन् ।

उनले आफ्नो लोकप्रिय उपन्यास ‘दी भेजिटेअन’ का लागि यो पुरस्कार प्राप्त गरेकी हुन् । यससँगै उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औं महिला बनेकी छन् ।

नोबेल पुरस्कार समितिकाअनुसार कङले ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने चरम काव्यात्मक गद्यका लागि’ पुरस्कार प्राप्त गरेकी हुन् ।

के छ ‘दी भेजिटेरिअन’मा ?

‘दी भेजिटेरिअन’ उपन्यासमा एक महिला येओङ-हे मुख्य पात्रका रूपमा छिन्, जसले मासु खान बन्द गर्छिन् र विद्यमान सामाजिक मूल्य-मान्यताहरूलाई अस्वीकार गर्दछिन् ।

उपन्यासको मुख्य विषयवस्तु यही हो । लेखक कङले यो विषयवस्तुलाई शरीर-आत्माको सम्बन्ध, मानसिक स्वास्थ्य-सामाजिक दबाब, पहिचान-संस्कृतिसँग जोडेकी छन् ।

नोबेल साहित्य पुरस्कार प्राप्त उपन्यास ‘दी भेजिटेरिअन’का लेखक हान कङ।

उपन्यासकी पात्र ये‌ओङ-हे शाकाहारी बनेर जीवनको अर्थ र व्यक्तिगत पहिचान खोज्छिन् । जब उनले शाकाहारी हुने निर्णय लिन्छिन्, यसले समाज, परिवार र व्यक्तिगत स्वतन्त्रताको सम्बन्धमा गहिरो प्रश्न उठाउँछ ।

उपन्यासमा नारीवाद, स्वतन्त्रता र पारिवारिक दबाबजस्ता विषयहरूलाई समेत समेटिएको छ । उपन्यास पाठकलाई विचार गर्न बाध्य बनाउँछ कि एक व्यक्तिको निर्णय कतिको व्यक्तिगत हुनसक्छ ? र, यसले उसको जीवनमा कस्तो प्रभाव पार्न सक्छ ?

कङको लेखनमा के भेटिन्छ ?

कङ आफ्नो लेखनमा मुख्य रूपमा मानवता र अस्तित्व, सामाजिक तथा राजनीतिक समस्या, संवेदना र चित्तवृत्ति, आध्यात्मिकता र आधुनिकताहरूलाई समेट्दछिन् ।

उनका लेखनमा मनोवैज्ञानिक गहिराइ रहेको भन्दै प्रशंसा गरिन्छ । दक्षिण कोरियाकै एक लेखकले एक सन्दर्भमा कङका बारेमा भनेका थिए, “हान कङ सङ्गठित र गहिरो सामाजिक आलोचनालाई समेट्न माहिर । त्यसैले उहाँलाई साहित्यमा अद्धितीय भन्न सकिन्छ ।”

यसका साथै कङको लेखनशैलीको प्रशंसा गरिन्छ ।

कङका कृतिहरू के-के छन् ?

कङका मुख्य १० भन्दा बढी पुस्तक प्रकाशित छन् ।

जसमा ‘दी भेजिटेरिअन’ (२००७), ‘यूथ रिपब्लिक इज कलिङ यू’ (२००९) ‘ह्यूमन एक्ट्स’ (२०१४), ‘दी ह्वाइट बूक’ (२०१६), ‘दी कलेक्टर्स’ (२०१७), ‘फीभर’ (२०१९) लगायत छन् ।

यसबाहेक उनका अरु कृतिहरू पनि छन् भने थप पुस्तकहरू प्रकाशित गर्ने तरखरमा रहेको भनिन्छ । यीबाहेक पनि उनले अन्यु थुप्रै फुटकल लेख-रचना लेखेकी छन् ।

  • सम्बन्धित समाचार

साहित्य विधाको नोबेल पुरस्कार काङलाई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register