बीपी राजमार्ग फेरि अवरुद्ध, पहिरोले पुरिएको गाडी निकाल्न गएको डोजरसमेत पल्टियो

काठमाडौं । बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा  ४ ख ४३५२ नम्बरको बसको केही भाग […]

Oct 11, 2024 - 07:13
 0
बीपी राजमार्ग फेरि अवरुद्ध, पहिरोले पुरिएको गाडी निकाल्न गएको डोजरसमेत पल्टियो

काठमाडौं । बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा  ४ ख ४३५२ नम्बरको बसको केही भाग पुरेको छ ।

साथै, पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ । मानवीय क्षति भने भएको छैन ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

तर, केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । उक्त पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register