इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, २२ जनाको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा फेरि आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ । बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन् । राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको […]

Oct 11, 2024 - 07:25
 0
इजरायलले लेबनानमा फेरि गर्‍यो आक्रमण, २२ जनाको मृत्यु

काठमाडौं । इजरायलले लेबनानमा फेरि आक्रमण गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको र ११७ जना घाइते भएको दाबी गरेको छ ।

बीबीसी संवाददाताहरूले राजधानी बेरुतको सिया बहुल क्षेत्र बाचौराबाट ठूलो विस्फोटको आवाज सुनिएको बताएका छन् ।

राहत र उद्धारकर्मीहरूले यहाँ भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ ।

आक्रमणपछि धेरै एम्बुलेन्स अमेरिकन युनिभर्सिटी अस्पतालतर्फ गइरहेका देखिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register