कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

काठमाडौँ । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ । दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो । शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक […]

Oct 12, 2024 - 14:01
 0
कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

काठमाडौँ । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ ।

दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

हरेक वर्ष विजया दशमीका दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register