कांग्रेसका नेता बाबा सिद्दिकीकाे गोली हानी हत्या

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउन्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा […]

Oct 13, 2024 - 02:55
 0
कांग्रेसका नेता बाबा सिद्दिकीकाे गोली हानी हत्या

काठमाडौं ।

भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउन्ड गोली चलाइएको थियो ।

त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो ।

मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार, प्रहरीले उक्त घटनाका विषयमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यही वर्षको फेब्रुअरीमा बाबा सिद्दिकी कांग्रेस छोडेर एनसीपी (अजीत पवार गुट) मा सामेल भएका थिए । उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register