धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता  फेरि रोकियो

काठमाडौँ ।  आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।  अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो ।  अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज […]

Oct 4, 2024 - 07:31
 0
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता  फेरि रोकियो

काठमाडौँ । 

आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । 

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो । 

अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ ।

आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण रोकिएको बताइएको छ । 

बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register