फिल्म ‘१२ गाउँ’ युट्युबमा लिक

काठमाडौं । अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ । तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाको […]

Oct 14, 2024 - 03:17
 0
फिल्म ‘१२ गाउँ’ युट्युबमा लिक

काठमाडौं । अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो ।

‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ ।

तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाको टिभी नामक च्यानलमार्फत ५८ मिनेटभन्दा बढीको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् । निर्माण पक्षले कपिराईट्स लगाएपछि

बडादशैंको अवसरमा फूलपातीका दिन रिलिज भएको चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा निकै सानदार प्रदर्शन गरिरहेको छ । प्रदर्शनको सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलको अवस्था छ ।

यद्यपि, यसरी फूल भिडियो र क्लिपहरू लिक हुँदा कस्तो असर गर्ला भन्ने चिन्ता देखिएको छ ।

अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएको चलचित्र ‘१२ गाउँ’ उनकै छोरा समिर भट्टले मुख्य अभिनय गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register