घुमुवा भन्दै रकम असुल्ने रौतहट प्रहरीको फन्दामा

रौतहट । प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय ब्यबसायीसँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका २ निबासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन । उनको साथ बाट प्रहरीले २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान […]

Oct 14, 2024 - 07:48
 0
घुमुवा भन्दै रकम असुल्ने रौतहट प्रहरीको फन्दामा

रौतहट ।

प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय ब्यबसायीसँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका २ निबासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन ।

उनको साथ बाट प्रहरीले २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान १, नगद १७ हजार, ९ सय ३५ रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद जिल्ला प्रहरी कार्यालय रौतहट बाट प्रेशित सुचनामा जनाइएको छ ।

३५ वर्षीय बैठाले परोहा–२ लालबकैयाको एकान्त बाटोमा कुरेर आवातजावत गर्ने व्यसायीसँग जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक दिलिप घिमिरेको सादा पोशाकको प्रहरी हु भन्दै रकम असुली गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय गरुडा बाट खटि गएका प्रहरी नायब उपरिक्षक राजन कार्कीको नेतृत्वको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बैठा माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दीपक कुमार रायले बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register