मनकामना केबलकार भोलिदेखि तीन दिनसम्म बन्द हुने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो । यसअघि दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा […]

Oct 14, 2024 - 07:45
 0
मनकामना केबलकार भोलिदेखि तीन दिनसम्म बन्द हुने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो ।

यसअघि दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो । भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ । त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छ । सोहीकारण सेवा बन्द गर्न लागिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register