सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

काठमाडौँ । चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफु सिनेमा हालको विकल्पमा लागेको चेतावनी दिएका छन् । बस्नेतले निर्माण गरेको फिल्म बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्श्को राम्रो साथ पाइरहेको यस फिल्म अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । तर सिनेमा हलहरुले दर्शकको रुची नेपाली फिल्मप्रति हुँदा हुँदै […]

Oct 14, 2024 - 13:24
 0
सिनेमा हलको विकल्प खोज्ने निश्चल बस्नेतको चेतावनी

काठमाडौँ ।

चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफु सिनेमा हालको विकल्पमा लागेको चेतावनी दिएका छन् ।

बस्नेतले निर्माण गरेको फिल्म बेहुली फ्रम मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्श्को राम्रो साथ पाइरहेको यस फिल्म अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ ।

तर सिनेमा हलहरुले दर्शकको रुची नेपाली फिल्मप्रति हुँदा हुँदै पनि हिन्दी सिनेमालाई बढी शो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । उनले हिन्दी फिल्मप्रति दर्शनको रुची नहुदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई शो दिइरहेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- ‘ राम्रो प्रतिकृया , दर्शकको राम्रो साथ , राम्रो occupancy हुँदा पनि तपाईहरु चै त्यै हिन्दी फिल्मलाई नै Shows दिईराख्नु है, occupancy आलु हुदापनि । म चै हलको बिकल्प तिर लागें ।’

अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् । 

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register