भारत र क्यानडाबीच तनाव, राजदुतलाई फिर्ता बोलाइयो

काठमाडौँ । भारतले क्यानडासँगको सम्बन्धमा तनावकाबीच आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ । ट्रुडो सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य उच्च कुटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ । क्यानडाले राजदुत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको […]

Oct 14, 2024 - 16:19
 0
भारत र क्यानडाबीच तनाव, राजदुतलाई फिर्ता बोलाइयो

काठमाडौँ ।

भारतले क्यानडासँगको सम्बन्धमा तनावकाबीच आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ ।

ट्रुडो सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य उच्च कुटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ ।

क्यानडाले राजदुत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ । यसबारे भारतले आज क्यानडाका राजदूतलाई फिता बोलाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउदै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ ।

विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर, क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बतायेको छ ।

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register