कञ्चनपुरमा दम्पतीको हत्या, ओछ्यानमा भेटियो शव

काठमाडौं । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ । लालझाडी गाउँपालिका–१ बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको हो । आफ्नै घरको ओछ्यानमा धारिलो हतियारको प्रहारबाट हत्या गरिएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । श्रीमान् रमेशको टाउकोमा गहिरो चोट छ […]

Oct 25, 2024 - 06:07
 0
कञ्चनपुरमा दम्पतीको हत्या, ओछ्यानमा भेटियो शव

काठमाडौं । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ ।

लालझाडी गाउँपालिका–१ बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको हो ।

आफ्नै घरको ओछ्यानमा धारिलो हतियारको प्रहारबाट हत्या गरिएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।

श्रीमान् रमेशको टाउकोमा गहिरो चोट छ । घरको आँगन रक्ताम्मे रहेको पाइएको डीएसपी जोशीले बताए ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register