‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

काठमाडौं । निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गरेका छन् । हल सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिएको तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले भोलिदेखि देशभरका सबै हलमा आफ्नो फिल्म नचलाउने बताए । बस्नेतले भने, ‘हाम्रो चलचित्रलाई […]

Oct 16, 2024 - 07:47
 0
‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

काठमाडौं । निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गरेका छन् ।

हल सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिएको तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भोलिदेखि देशभरका सबै हलमा आफ्नो फिल्म नचलाउने बताए ।

बस्नेतले भने, ‘हाम्रो चलचित्रलाई हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।’

उनले अब ओटीटीको समस्या समाधान गर्दै एमएसएम भिडिओमा चाँडै भेट्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register