गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड

काठमाडौं । गौशालास्थित धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो । अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो […]

Oct 16, 2024 - 12:05
 0
गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो आफ्नो बोर्ड

काठमाडौं । गौशालास्थित धर्मशालामा काठमाडौं महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो ।

यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको थियो ।

समितिले आफूहरु मोही भएको दाबी गर्दै निर्णय खोरजको माग गर्दै आइरहेका छन् । वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्वको धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register