मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा तेस्रो दिन १२ जनाको उद्धार

धरान, १ कात्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधबार ८ जना मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टोली हिजो सुनसरीको दुहबी, इटहरी, धरानका [...] The post मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा तेस्रो दिन १२ जनाको उद्धार appeared first on Jhapa Online.

Oct 17, 2024 - 03:30
 0
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा तेस्रो दिन १२ जनाको उद्धार

धरान, १ कात्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधबार ८ जना मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टोली हिजो सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवहरुको उद्धारमा खटिएको हो ।

बुधबार सुनसरीको दुहबी नगरपालिका(७ बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरि १२ जनाको उद्धार भएको मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०, दोस्रो दिन ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सडकआश्रित मानवहरुको मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा आज नै संरक्षणको लागि पठाइएको छ । साथै भोलि बिहिबार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य हुनुभएका मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी
अधिकारीज्यूसहित ४७ जना यात्रीहरू रहनुभएको छ ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

यो पटकको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने आश्रम विश्वास गरेको छ ।

The post मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा तेस्रो दिन १२ जनाको उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register