सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको हो । बिहीबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको १ लाख ६१ हजार ८ सय रूपैयाँमा कारोबार हुँदै उच्च […]

Oct 17, 2024 - 06:17
 0
सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च भएको हो ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ६१ हजार ८ सय रूपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहीबार चाँदी तोलाको १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register