साफ वुमन्स च्याम्पियनसिप–२०२४ : भुटान र नेपाल, श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो खेल गुमाउने छिन् । साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकाले उनले पहिलो खेल गुमाउने भएकी हुन् […]

Oct 18, 2024 - 03:11
 0
साफ वुमन्स च्याम्पियनसिप–२०२४ : भुटान र नेपाल, श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो खेल गुमाउने छिन् । साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकाले उनले पहिलो खेल गुमाउने भएकी हुन् ।

यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् ।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भए पनि पछिल्लो समय भुटानले फुटबलमा राम्रो प्रगति गरिरहेका छ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने छिन् ।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थिए । जसमा सबै खेल नेपालले जितेको छ । साफमा नेपालले भुटान विरुद्ध अहिलेसम्म कुनै गोल खाएको छैन भने २३ गोल गरेको छ ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानसँग नहारे पनि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानलाई हल्का लिएर नखेल्ने बताएका थिए ।

‘भुटानको टिममा धेरै सुधार भएको छ । हाम्रो समूहमा भुटान श्रीलंका र माल्दिभ्स छन् । हामी एकपटकमा एक खेललाई लिएर अघि बढ्नेछौँ । सबै टिम राम्रो छ,’ तामाङले प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

प्रशिक्षक तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले यस पटक जसरी पनि उपाधि जित्ने लक्ष्यका साथ खेल्ने र त्यसका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

उता भुटान पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध खेल्नुपरे पनि कुनै दबाबमा नरहेको मुख्य प्रशिक्षक निकोला डेमाइनले बताएकी छिन् । निकोला अष्ट्रेलियन प्रशिक्षक हुन् । उनी करिब एक वर्ष अघि भुटान पुगेकी थिइन् र उनकै प्रशिक्षणमा भुटानले पछिल्लो ९ महिना साफकै लागि प्रशिक्षण गरिरहेको छ ।

पछिल्लो पटक २०२२ मा काठमाडौंमै भएको साफमा भुटानले पहिलो पटक सेमिफाइनल पुगेर इतिहास रचेको थियो । भुटानले त्यही प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

पछिल्लो समय भुटानले ग्रासरुटदेखि नै फुटबलमा लगानी गरिरहेको र छ र उमेर समूह देखि सिनियर टिमसम्मले राम्रो प्रदर्शन गरिरहेको छ । प्रायजसो टिममा विदेशी प्रशिक्षकहरु अनुबन्ध गरिरहेको छ । त्यसैको उदाहरण प्रशिक्षक निकोला हुन् ।

उनी यस पटक साफ वुमन्स च्याम्पियनसिपमा एक्ला महिला प्रशिक्षक हुन् । निकोलाले नेपाल विरुद्धको पहिलो खेल रमाइलो र हुने र दबाब नेपाललाई हुने बताएकी छन् । उनी भन्छिन्, ‘नेपाल घरेलु टोली भएकोले दबाब नेपाललाई हुन्छ ।’

भुटानकी कप्तान पेमा छोडेन छिरिङले एक वर्षको तयारी रहेको र आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्न उत्साहित रहेको बताएकी छन् । उनले राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएकी थिइन् ।

आजै समूह बी को पहिलो खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दशरथ रंगशालामै दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोलीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ । किनकी यस खेलको नतिजाबाट सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register