माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि…

काठमाडौं । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ । बिहीबार बिहान साढे ६ बजे बुद्ध एअरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो । बुद्ध एअरले भन्यो, ‘इन्जिनमा प्राविधिक […]

Oct 17, 2024 - 06:41
 0
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको इन्जिनमा समस्या देखिएपछि…

काठमाडौं । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एअरले जनाएको छ ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध एअरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

बुद्ध एअरले भन्यो, ‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । हाम्रो प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ ।’

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register